काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ४ लाख ५९ हजार ४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ८६ लाख ८५ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ४५ लाख ७६ हजार ९ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये ५४ हजार ७ सय ९० जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख २१ हजार २४ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा १५ हजार २ सय ६८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख ७८ हजार ९ सय १९ पुगेको छ । हालसम्म ९ लाख ३२ हजार ६ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ३ सय ३५ जनाको ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४८ हजार ४ सय २७ पुगेको छ । हालसम्म ५ लाख २० हजार ३ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा १० लाख ९ हजार ६ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ब्राजिलमा २६ हजार ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको र ५ सय ५८ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ५ लाख ६९ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा १ सय ८१ मृतक थपिएसँगै कुल मृतकको संख्या ७ हजार ८ सय ४१ पुगेको छ । त्यस्तै हालसम्म ३ लाख २४ हजार ४ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सयको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा मात्र ७ हजार ८ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ४ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ९२ हजार ५ सय ३६ पुगेको छ । हालसम्म २ लाख ११ हजार ९ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय जनाको ज्यान गएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ४ सय ६१ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १ हजार ८ सय १५ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७३ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । हालसम्म २ लाख ९२ हजार ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ६१ पुगेको छ । हालसम्म २ लाख ४४ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये १ लाख ३१ हजार १ सय ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ५ सय १४ पुगेको छ । हालसम्म इटालीका २ लाख ३८ हजार १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म १ लाख ८० हजार ५ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय ६८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया