काठमाडौं । बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ४ सय ६१ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १ हजार ८ सय १५ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७३ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । हालसम्म २ लाख ९२ हजार ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ५ सय १४ पुगेको छ । हालसम्म इटालीका २ लाख ३८ हजार १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म १ लाख ८० हजार ५ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय ६८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ४ लाख ५९ हजार ४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ८६ लाख ८५ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ४५ लाख ७६ हजार ९ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये ५४ हजार ७ सय ९० जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया