काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा गत मंगलवार भएको हिंस्रक झडपमा २० भारतीय सहित ४३ चिनियाँ सैनिकको मृत्यु भएको बताइएको छ ।
जसको कारण सारा विश्वको ध्इान भारत र चीनमा केन्द्रित रहेको छ । उक्त हिंस्रक झडप पछि चीन र भारतबीचको सम्बन्ध झनै तनावपूर्ण बन्दै गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले त भारतलाई सहयोग गर्ने देशहरुको नाम समेत निकाली सकेका छन् ।
सन् १९६२ को युद्धका बेला चीनले जितिसकेको परिस्थितीमा युद्धविराम घोषित गरेको थियो । अहिले भारत र चीनबीचको हिंसात्मक झडपलाई लिएर भारतीय सञ्चारमाध्यमहरुले भारतको साथमा रहन सक्ने देशहरु भन्दै नाम समेत निकालेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतलाई सहयो गर्ने देशमा अमेरिका, जापान, फ्रान्स र अस्ट्रेलिया रहेका छन् ।
भारतीय सञ्चारमाध्यमले भारतीय सैनिकहरुसँग सैन्य अभ्यास गरिसकेको आधारमा उनीहरु भारतको साथ दिने कुरा व्यक्त गरेका छन् ।
त्यस्तै भारतीय सञ्चारमाध्यमको अनुसार नै चीनको पक्षमा पाकिस्तान, रुस र उत्तर कोरिया आदि देशले चीनको सहयोग गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया