अमेरिकामा बढेको बढ्यै कोरोना संक्रमण, बितेको २४ घण्टामा थपिए १२ हजार बढी संक्रमित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड १९ ) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ लाख २० हजार २ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख ४६ हजार ९ सय ३९ पुगेको छ । हालसम्म ९ लाख २० हजार ९ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ८९ जनाले ज्यान गुमाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख ५३ हजार ४ सय ४० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८५ लाख १२ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४४ लाख ८५ हजार ८ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार ६ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?