कोरोनाका कारण विश्वमा ४ लाख ५१ हजार बढीको गयो ज्यान, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख ३८ हजार ४२५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ३४ हजार ४७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार ९४१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख ५४ हजार ९८१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ७९ हजार २१७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४९ हजार ५७५ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ५२ हजार ४११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८४ हजार ६५९ को मृत्यु भएको छ । एसियामा १७ लाख ४० हजार ३७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४४ हजार ७३० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ७० हजार ६६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार २४९ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?