कोरोना अपडेट : मेक्सिकोमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ५१ हजार २६५ जनाको मृत्यु भईसकेको छ भने ८४ लाख २७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४४ लाख १४ हजार ९९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच मेक्सिकोमा पछिल्लो समय कोरोना संक्रमित र मृतकको संख्या तीव्र गतिले बढीरहेको छ ।

यो समाचार तयार पार्दासम्म मेक्सिकोमा १९ हजार ८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार ७९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ४ हजार ९३० जना नयाँ संक्रमित थपिएका छन् भने ७७० जनाको मृत्यु भईसकेको छ ।

मेक्सिकोमा १ लाख १९ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बुधवार पनि त्यहाँ ४ हजार ५९९ जना संक्रमित थपिएका थिए भने ७३० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?