कोरोना कहर : भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ५१ हजार २६५ जनाको मृत्यु भईसकेको छ भने ८४ लाख २७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४४ लाख १४ हजार ९९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार २६२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६७ हजार २६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९४ हजार ४३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ बुधवार मात्रै १३ हजार १०३ जनालाई संक्रमण भएको छ । यो संख्या भारतमा एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।

त्यस्तै बुधवार नै भारतमा ३४१ जनाको मृत्यु भएको छ । मंगलवार भने भारतमा २ हजार ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?