अमेरिका कोरोना सबैभन्दा बढी असर, १ लाख १९ हजार बढीले गुमाए ज्यान

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड-१९) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ४ सय ५८ पुगेको छ ।

बितेको २४ घण्टामा ११ हजार ७ सय ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख २० हजार १ सय ९५ पुगेको छ । हालसम्म ९ लाख ४ हजार १ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय ८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय २६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण ४ लाख ४८ हजार १ सय १४ जनाको ज्यान गइसकेको छ भने ८२ लाख ३० हजार७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ४३ लाख ५९ हजार३ सय ९६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?