काठमाडौं । चीन भारत सीमा विवादले निम्त्याएको हिंसामा भारतीय २० तथा चिनियाँ ४३ जनाको मृत्यु भएको खबर बाहिरिएको छ ।
चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा मंगलवार भएको झडपका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चेतावनी दिँदै भनेका छन्, भारतको संप्रभुता र अखण्डताको बारेमा कहिल्यै भारत पछि नहट्ने बताएका छन् ।
उनले यो जानकारी कोरोना भाइरसको महामारी कसरी समाधान गर्ने भन्ने बारेमा भएको मुख्यमन्त्रीहरुको भिडियो कन्फ्रेन्सका बेला आएको थियो ।
उनले मुख्यमन्त्रीहरुलाई सबैभन्दा पहिला शहिदको सम्मानमा २ मिनेटको मौनधारण गर्न बताएका थिए ।
उनले भने, भारत शान्ति चाहान्छ, तर आफे रक्षाका लागि हरसम्भव प्रयास गर्दछ । साथै उनले आफ्ना शहिदको बलिदान त्यत्तिकै खेर जान नदिने समेत बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया