काठमाडौं । सीमा उल्लंघन गर्दै ताइवान प्रवेश गरेका चिनियाँ जहाँजलाई ताइवानी लडाकू विमानले लखेटेका छन् ।
सीमा उल्लंघन गर्दै ताइवान पसेका चिनियाँ फाइटर प्लेनलाई ताईवानका लडाकू विमानले लखेटेको ताइवान रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
ताइवानको रक्षा मन्त्रालयले उक्त जानकारी दिँदै पहिला रेडियोका माध्यमबाट चिनियाँ फाइटर प्लेनलाई चेतावनी दिएको र नमाने पछि लडाकू विमानले लखेटेको बताइएको छ ।
गएको हप्तामा पनि ताइवानको हवाई क्षेत्रमा पुगेको थियो चिनियाँ विमान
ताइवान सरकारले बितेको हप्तामा पनि ताईवानको हवाई अड्डामा घुसेको बताएको छ ।
चिनियाँ एसयू-३० विमान गएको हप्तामा ताइवान घुसेको थियो । त्यो बेला पनि ताइवान सरकारले चेतावनी दिएको बताएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया