सुशान्त सिंह मृत्यु प्रकरण : सलमान खानसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएपछि उनको मृत्यु भएको कारण खोजी भईरहेको छ ।

मुख्य कारण उनी कुनै पनि फिल्ममा काम नमिलिरहेको कारणले डिप्रेशनको शिकार भएको बताइएको छ ।

यो पनि भनिरहिएको छ कि, सुशान्तलाई बलिउडका दिग्गज निर्माताहरुले काम दिन मानेका थिएनन् ।

केहि बलिउड हस्तीहरुले गर्दा उनको मृत्यु भएको भन्दै विभिन्न कारण खाजि भईरहेको छ ।

मुजफ्फपुरमा मुख्य न्यायिक दण्डाधिकारी मुकेश कुमारको कोर्टमा १७ जूनमा केस दर्ता गरिएको छ ।

उनको मृत्युको कारण अभिनेता सलमान खान, आदित्य चोपडा, साजिद नाडियावाला, सञ्जय लीला भन्साली, एकता कपूर, दिनेश विजन, भूषण कुमारलाई आरोप लगाईएको छ ।

आईपीसीको धारा ३०६, १०९, ५०४ र ५०६ को नियामानुसार अनुसार केस दर्ता दर्ता गरिएको छ । यसको सुनुवाई तीन जुलाईमा हुनेछ । सुशान्तको मृत्युले भारतको पटनाका युवाहरु आक्रोशित भएका छन् ।

उनीहरुले करण जौहर र सलमान खानको पुत्ला समेत जलाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?