भारत र चीनका विदेशमन्त्रीबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन संवाद भएको छ । लद्दाखको गालवान भ्यालीमा भएको हिंसात्मक झडपका कारण भारत९चीनबीच तनाव बढिरहेका बेला उनीहरुबीच टेलिफोन वार्ता भएको हो ।

सोमबार राति भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ भने चीनतर्फका ४३ सैनिक हताहत भएको भारतीय पक्षले दाबी गरिरहेका छन् भने चीनले आफ्ना पक्षका सेना हताहतको विषयमा केही खुलाएको छैन । यसैसन्दर्भलाई लिएर भारतीय विदेशमन्त्री र समकक्षीबीच कुारकानी भएको थियो । यो घटना भारत र चीनबिचको ४५ वर्षयताकै ठूलो हिंसात्मक घटना भएका कारण विश्व समुदायले यसबारेमा चासो दिईरहेको छ । टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारबाही गर्न माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विवादलाई न्यायोचित रुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष सहमत भएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

भारतले आफ्ना २० जना सैनिक मारिएको खबर दिँदै नामावली सार्वजनिक गरिसकेको छ ।

Indian army soldiers rest next to artillery guns at a makeshift transit camp before heading to Ladakh, near Baltal, southeast of Srinagar, June 16, 2020. REUTERS/Stringer NO RESALES. NO ARCHIVES.

उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जनामारिएका हुन् ।

चीनसँगको झडपमा मारिने सेना 

१.  एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद

२.  एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज

३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला

४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर

५.  वाई- हवल्दार के. पालानी- मदुरई

६. एन- हवल्दार सुनील कुमार- पटना

७.  एन- हवल्दार विपुल राय- मेरठ सिटी

८. के- नायक दीपक कुमार- रीवा

९.  सिपाही राजेश ओरांग- बीरभूम

११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्‍ज

११. सिपाही गणेश राम- कांकेर

१२.  सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल

१३. सिपाही अंकुश- हमीरपुर

१४. सिपाही गुरबिंदर- संगरुर

१५. सिपाही गुरतेज सिंह- मनसा

१६. सिपाही चन्दन कुमार- भोजपुर

१७. सिपाही कुन्दन कुमार- सहरसा

१८. सिपाही अमन कुमार- समस्तीपुर

१९. सिपाही जयकिशोर सिंह- वैशाली

२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम

भारतमा २० जवानको हिंसामा मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती गम्भीर रहेको बताइएको छ ।

तीन घण्टासम्म भएको हिंसा दुई परमाणु शक्ति सम्पन्न देशको बीचमा लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको थियो ।

यद्यपी चीन तर्फबाट पनि ४० भन्दा बढी सैनिकको हताहती भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । तर चीनले भने पुष्टि गरेको छैन् ।

Border Roads Organization workers rest near Pangong Lake in Ladakh region, India. Indian and Chinese soldiers are in a bitter standoff in the remote and picturesque Ladakh region, with the two countri

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?