काठमाडौं । चीनमा अचानक कोरोना भाइरस (कोभिड १९) का केसहरु तीव्र गतिले बढीरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार चीनमा १०० नयाँ केस देखिएका छन् ।
अहिलेसम्म त्यहाँ बाहिरबाट आउनेमा कोरोना भाइरसको संक्रमण देखिएको थियो तर अब लोकल ट्रान्समिशनका कारण कोरोना संक्रमण चीनमै रहेकामा पनि देखिन थालेको छ ।
डब्ल्युएचओका आपत्कालीन विभागका प्रमुख माइक रेयानले उक्त केसहरुमाथि तत्काल उपचार गरेर निको गराउन बताएका छन् ।
साथै चीनमा फेरी लकडाउन घोषणा गर्न उनले चेतावनी दिएका छन् । उनले भने, ‘चीनमा केहि दिन यता कोरोना भाइरसका बिरामीहरु तीव्र गतिले बढ्न थालेका छन् । त्यसैले लकडाउन फेरी गर्न आवश्यक छ, त्यो पनि कडाईका साथ ।’
अहिले चीनको बेइजिंगस्थित थोक बजार शिन्फादीमा कोरोनाका केसहरु देखिएका छन् ।
स्थानीय मिडिया रिपोर्टका अनुसार कोरोना भाइरस त्यहाँका एक माछा व्यापारीको पसलमा रहेका मानिसहरुमा परीक्षण गर्दा पाइएको थियो । उक्त कारणले बजारका महाप्रबन्धकलाई पदबाट बर्खास्त गरिएको छ ।
बेइजिंगमा ९० हजार मानिसको टेस्ट जारी
चीनले सोमवार ९० हजार मानिसमा कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । बेइजिंगको एक थोक बजारको नजिक रहेका केहि आवासीय क्षेत्र बन्द गरिएको छ ।
चीनमा आज थप ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ केसमा ४२ जना बेइजिंगका रहेको बताइएको छ ।
संक्रमणको रोकथामका लागि बेइजिंगमा अधिकारीहरुले ९० हजार मानिसको कोरोना जाँच शुरु गरेका हुन् ।
संक्रमणको नयाँ केन्द्र बनेको थोक बजार शिन्फादीमा ३० मेपछि मात्रै दुई लाख मानिसहरु आवतजावत गरिसकेका छन् ।
त्यहाँ कोरोनाका नयाँ केस देखिएपछि बजारसहित फिल्म हल आदि बन्द गरिएको छ । चीनका लागि बिना लक्षणका केस (एसिम्टोम्याटिक) चिन्ताको कारण बनेको छ ।
त्यस्ता मानिसहरु कोरोनाका संक्रमित भए पनि उनीहरुमा कुनै लक्षण हुँदैन । चीनमा अहिलेसम्म ८३ हजार २२१ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै ७८ हजार ३७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया