कोरोना अपडेट : यस्तो छ अमेरिकामा महामारीको पछिल्लो अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ३९ हजार ८५ जनाको मृत्यु भईसकेको छ भने ८१ लाख १३ हजार ६७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४२ लाख १३ हजार ६०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिकामा १ लाख १८ हजार २८३ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ८२ हजार ९५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ कुल संक्रमित मध्ये ८ लाख ८९ हजार ८६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ९५२ ज्नाको मृत्यु भईसकेको छ भने ४ लाख ५ हजार १३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार ७८२ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८०४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा सोमवार २० हजार ७२२ जनालाई संक्रमण भएको छ भने ४२५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?