यस्तो छ अमेरिकामा पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ४ लाख ३७ हजार ४८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८० लाख ५९ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै हालसम्म ४१ लाख ७१ हजार ९ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको छन् भने संक्रमितमध्ये ५४ हजार ५ सय ७ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

बितेको २४ घण्टामा ९ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ लाख ७१ हजार ५ सय ११ पुगेको छ । हालसम्म ८ लाख ७४ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा थप १ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?