नेपाल-भारतको सम्बन्धलाई कसैले तोड्न सक्दैन : भारतीय रक्षामन्त्री

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सीमा विवादको हल वार्ताबाटै गर्ने बताएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) का उत्तराखण्डका कार्यकर्तासँगको ‘जन संवाद’ कार्यक्रममा सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल र भारतको बीचमा रहेको रोटी-बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने बताउँदै नेपाल भारत सीमा विवाद वार्ताबाट समाधान गरिने बताए ।

उनले भने, ‘लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्र नरहेको उल्लेख गर्दै उनले गोरखा रेजिमेन्ट सेनाले बेला बेलामा आफ्नो शौर्यको परिचय दिने गरेको र नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?