कोरोनाको प्रकोप : भारतमा के छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व त्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ३५ हजार ४९३ जनाको मृत्यु भईसकेको छ भने ७९ लाख ९० हजार ७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४१ लाख ८ हजार ४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५२० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३३ हजार ८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६९ हजार ६८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

आईतवार भारतमा ११ हजार ३८२ जना संक्रमित थपिएका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?