उत्तर कोरियाली नेता किम जोङकी बहिनीले दिइन् यस्तो धम्की !

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् ।
उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै यो जोङले आक्रोश व्यक्त गरेकी छिन् ।

दक्षिण कोरियाले यस्तो काम बन्द नगरे सैनिक कारबाही गरिने उनले बताइन् ।  किमले सर्वोच्च नेता, पार्टी र सरकारबाट आफुलाई मिलेको अधिकार प्रयोग गर्दै सेनालाई कारबाही गर्न भनेको बताइन् । सैन्य कारबाहीबारे यसपछि सेना प्रमुखले फैसला लिने उनले बताइन् ।

७ जुनदेखि उत्तर कोरियामा दक्षिण कोरियाली सीमाबाट पर्चासहितका ५ लाख बेलुन छाडिएको छ । यस पर्चामा उत्तर कोरियाका तर्फबाट हुने परमाणु हमलाको आलोचना गरिएको छ ।

त्यस्तै, उत्तर कोरियामा भएको मानअधिकार हननबारे पनि प्रश्न उठाइएको छ । उत्तर कोरियाले यसबारे धेरैपटक आपत्ति जनाइसकेको छ । यता, दक्षिण कोरियाले पनि पर्चा फाल्नेहरुविरुद्ध कारबाही गरिने र यो क्रम बन्द हुने जनाएको थियो । तर, बेलुन पठाउने काम अझै रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?