आगामी राष्ट्रपति निर्वाचन हारे के गर्लान् ट्रम्पले ? दिए यस्तो प्रतिकृया

काठमाडौं । संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

आगामी निर्वाचनको दाबेदार समेत रहेका हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा हारेमा अन्य पेशा व्यवसायमा लाग्ने बताएका छन् ।

आगामी निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जोए बाइडेन र ट्रम्पबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ ।

बाइडेनलाई रिपब्लिकन पार्टीले धोका दिनसक्ने र ह्वाइट हाउस छाड्न अस्वीकार गर्नसक्ने प्रतिक्रिया दिएपछि त्यसमा प्रतिकृया दिँदै ट्रम्पले भनेका छन्, ‘यदी मैले जितिन भने, जितिन । मेरो मतलब, तपाईँलाई थाहा छ नी, जान्छु र अर्कै काम गर्छु,’ ।

तर उनले अर्कै काम भनेको के हो त्यसबारे खुलाएका छैनन् । ट्रम्प राजनीतिमा आउनुअघि व्यवसायमा व्यस्त थिए । राजनीतिज्ञसँगै उनी एक सफल व्यवसायी पनि हुन् ।

चुनावअघि कोरोना भाइरस महामारीका बावजुद ट्रम्प र बाइडेन चुनावी प्रतिष्पर्धाका लागि जुटिरहेका छन् । तर यसअघि भएका नमूना मतदानमा बाइडेनले नै ट्रम्पलाई जितेका छन् । त्यसो त, पछिल्लो समय आलोचित र विवादित भइरहेका ट्रम्पका अगाडि बाइडेन बलियो उम्मेदवार बन्ने अपेक्षा गरिएको छ । आगामी निर्वाचनमा पनि आफू हार्नसक्ने आंशकाकाबीच ट्रम्पले शुक्रवार फक्स न्युजसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

यसैबीच बाइडेनले निर्वाचन हारेमा उनले चुनावी नतिजा अस्वीकार गर्न गर्नसक्ने आंकलन गरिएको छ ।

तर ट्रम्प भने ट्रम्प चुनावी नतिजा स्वीकार गर्न तयार रहेको ट्रम्पका चुनावी अभियानका प्रवक्ता टीम मुर्तागले बताए ।

ट्रम्प अमेरिकामा पछिल्लो समय विवादित बन्दै आएका छन् । राष्ट्रपति पदका दावेदार बाइडेन उपराष्ट्रपति बनिसकेका डेमोक्रेट्स नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?