कोरोना नियन्त्रण गर्न नसक्दा चिलीका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ को महामारीका कारण त्रस्त भएको छ । यसैबीच कोरोनाले आक्रान्त बनेको चिलीका स्वास्थ्य मन्त्री खमे म्यानालिचको राजीनामा घोषणा गरेका छन् । उनको राजीनामासँगै स्वास्थ्यमन्त्रीको रुपमा एनरिक पेरी नियुक्त भएका छन् ।chile ministro

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घोषणापछि विपक्षी दलहरुले स्वास्थ्य मन्त्रीले पहिले नै राजीनामा दिनुपर्ने बताएका थिए। उनीहरुको माग छ – ‘तत्काल देशको स्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउनुपर्छ ।’ चिलीका राष्ट्रपति पिनायरालाई उनले बिग्रँदै गएको अवस्था सुधार्न भनेका छन् ।

नयाँ स्वास्थ्य मन्त्रीमा नियुक्त भएका पेरीले महामारीको सामना गर्दा उनले सरकारको आलोचना गर्ने व्यक्तिको राय पनि सुन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो समाचार तयार पार्दासम्म चिलीमा ३ हजार १ सय १ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३ सय ५५ जना संक्रमित छन् । उपचारपछि १ लाख ३७ हजार २ सय ९६ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ १ हजार ६५६ जना गम्भिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?