काठमाडौं । चीनमा शनिवार एक भयानक दुर्घटना भएको छ । जसका कारण अहिलेसम्म ११ जनाको मृत्यु भईसकेको छ भने ११७ जना घाईते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजमार्गमा अचानक तेल ट्याङ्कर बिस्फोट भएको थियो । बिस्फोटका कारण आसपासका घर तथा कारखाना ध्वस्त भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार बिस्फोटका कारण टाइजहोउ शहरमा रहेका कारखानामा पनि क्षति पुगेको छ ।
सरकारी मिडियाका अनुसार घटना झोजियांगको पूर्वी प्रान्तस्थित वेनलिंग शहर नजिक भएको थियो ।
एजेन्सीको सहयोगमा
https://youtu.be/FNR2lUCingU
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया