कोरोनाको प्रकोप : अमेरिकामा झनै बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वसम्म ४ लाख ३२ हजार २०० जनाको मृत्यु भईसकेको छ भने ७८ लाख ६० हजार ७३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४० लाख ३५ हजार ७८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म १ लाख १७ हजार ५२७ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ४२ हजार २२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८ लाख ५४ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ८७४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ३ हजार ८०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार ६९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार २३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा शनिवार २५ हजार ३०२ जनालाई संक्रमण भएको छ भने ७०२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?