काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ९६ पुगेको छ ।
बितेको २४ घण्टामा १२ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ लाख २९ हजार ५ सय ७४ पुगेको छ । हालसम्म ८ लाख ४३ हजार ५ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा थप २ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ३० हजार १ सय ३३ पुगेको छ । त्यस्तै ७८ लाख १० हजार ५ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । साथै कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ४० लाख ७ हजार ३ सय ६३ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया