क्रिकेटर शाहिद अफ्रिदीलाई लाग्यो कोरोना

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अफ्रिदीले यो जानकारी शनिवार आफ्नो आधिकारीक ट्वीट मार्फत दिएका छन् । उनले भनेका छन् कि, ‘म कोरोना संक्रमणको शिकार भएको छु ।’

उनले आफ्नो फाउण्डेशनको माध्यमबाट कोरोना संक्रमितहरुका लागि धेरै सहयोग गरेका थिए ।

उनले ट्वीटरमा भनेका छन्, ‘म बिहविार राम्रो महशुस गरिरहेको छैन, मेरो शरीरमा धेरै पीडा भएको छ । त्यसैले मेले आफ्नो टेस्ट गराएँ । तर दुर्भाग्यवश मलाई कोरोना संक्रमित देखियो । छिटै निको हुनका लागि प्रार्थनाको आवश्यक छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?