कोरोना महामारीका बेला अमेरिकामा अर्को संकट

काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा एकपछि अर्को संकट आईरहेको छ ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा कोरोना संकटकाबीच भीषण आगलागि भएको छ ।

आगलागीका कारण अमेरिकामा हजारौँ एकड जमीनमा रहेको वनस्पतिरु जलेर नष्ट भएका छन् । अमेरिका र क्यालिफोर्निया तथा एरिजोनाको जंगलमा भीषण आगो लागेको छ ।

बितेको २४ घण्टा यता क्यालिफोर्नियाको क्याम्प पेन्डलटनमा अहिलेसम्म आठ हजार एकड जंगल जलेर नष्ट भएको छ ।

साथै लन्स एन्जेलिसका फरक फरक क्षेत्रमा भीषण आगोका कारण १२०० एकड जंगल जलेको छ ।

त्यस्तै अमेरिकाको भेन्चुरा काउन्टीमा पनि भीषण आगलागी भएको छ । त्यहाँ २ सय एकड जंगल नष्ट भएको बताइएको छ भने जंगलमा लागेको आगोबाट बच्नका लागि २१ सय मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

१२५ दमकलकर्मी आगो निभाउन जुटेका छन् ।तर आगो लगातार फैलिरहेको बताइएको छ । अहिलेसम्म करिव ५ हजार एकड जंगलमा आगो लागिसकेको बताइएको छ ।

गएको वर्षको अक्टुबरमा पनि क्यालिफोनिर्याको जंगलमा भीषण आगो लागेको थियो । जसका कारण एक लाख मानिसहरुले आफ्नो घर छोड्नुपरेको थियो भने २५ हजार भन्दा धेरै घर जलेर नष्ट भएका थिए ।

गएको वर्ष दक्षिण अमेरिकामा १.४ अर्ब एकड क्षेत्रमा फैलिएको अमेजन जंगलमा ब्राजिल सहित नौ देशका जंगलमा आगो लागेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?