अमेरिकामा कोरोना भयावह कायमै, २१ लाख नाघे संक्रमित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा १० हजार ९ सय ५८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख ६ सय ५९ पुगेको छ । हालसम्म ८ लाख १८ हजार २ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ८ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ८ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण विश्वभर ४ लाख २५ हजार ९ सय १७ मानिसको ज्यान गइसकेको छ । विश्वभर ७६ लाख ७० हजार ३ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३८लाख ८५ हजार ३ सय ५६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?