अमेरिकालाई उत्तर कोरियाले दियो यस्तो धम्की

काठमाडौं । उत्तर कोरियाले अमेरिकालाई धम्की दिएको छ । दोश्रोको मामिलाका बीचमा नआउन उत्तर कोरियाले अमेरिकालाई धम्की दिएको हो ।

शान्तिसँग अमेरिकामा राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु छ भने कोरियाली देशको मामिलामा नपर्न अमेरिकालाई उत्तर कोरियाले सुझाएको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङ उनको यो सन्देश अमेरिकीर राष्ट्रपति ट्रम्पका लागि रहेको बताइएको छ ।

यो भन्दा अगाडि उत्तर कोरियाले दक्षिण कोरियासँग सबै नाता तोडेपछि उत्तर कोरियालाई सीमामा रहन बताएका थिए ।

यसैबीच उत्तर कोरियाले भने पहिलोपटक अमेरिकालाई यस प्रकारको धम्की दिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार किम जोङ उन सरकारको विदेश मन्त्रालयमा अमेरिकी मामिलाका महानिर्देशक ओन जोंग उनले बिहविार अमेरिकाले आफ्नो आन्तरिक मामिलामा ध्या नदिन स्पष्ट पारेका थिए ।

उक्त सन्देशमा भनिएको छ, ‘अमेरिका जहिल्यै अरुको बीचमा आउँछ, तर उत्तर कोरियाको बीचमा नपरोस् । र आफ्नो आन्तरिक मामिला सुल्झउन तिर लागोस् । यो नै अमेरिकाको लागि सैभन्दा राम्रो हुनेछ ।’

चुनावलाई लिएर धम्की

उत्तर कोरियाले खुल्ला धम्की दिँदै अमेरिकाले शान्तिपूर्ण रुपमा चुनाव गराउन चाहान्छ भने हअरुको बीचमा नपर्न सुझाएको छ । तर किमले कसरी चुनावमा असर पार्न सक्छन् भन्ने कुरा भने कसैलाई थाहा नभएको बताइएको छ ।

सियोलमा रहेको इन्स्टिट्यूट फर पोलिसी स्टडीजका रिसर्च फेलो जेम्स किमका अनुसार कसरी असर पुग्छ भन्ने बारेमा केहि स्पष्ट छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?