काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख २३ हजार ८४४ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ३४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३८ लाख ४१ हजार ५३७ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पाकिस्तानमा अहिलेसम्म २ हजार ४६३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २५ हजार ९३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १०७ जनाको मृत्यु भएको छ । यो संख्या पाकिस्तानमा एकैदिन मृत्यु हुनेहरुमा सबैभन्दा धेरै हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ३९७ जना नयाँ संक्रमित थपिएका छन् । एकैदिनमा यति धेरै संख्या थपिएको यो पहिलो पटक हो ।
पाकिस्तानमा अहिलेसम्म ४० हजार २४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बिहीवार मात्रे पाकिस्तानमा ५ हजार ८३४ जना संक्रमित थपिएका थिए भने १०१ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया