८२ लाख बढीले हेरेको भिडियोमा अमेरिकी प्रहरीको अर्को ज्याजती, वृद्धालाई हानेर लडाए (भिडियोसहित)

काठमाडौं – अमेरिकाको मिनेपोलिसमा अफ्रिकीमूलका एक अमेरिकी अश्वेत व्यक्तिको निर्मम हतयाको विषयलाई लिएर अमेरिकामा हिंसा भड्किएको धेरै भएको छैन । बाँच्न देउ भन्दै हारगुहार गरिरहेका अश्वेत व्यक्तिलाई पुलिसले मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिंसा अझै उग्र बनेको थियो।

अश्वेतको मृत्युपछि मिनेपोलिस सहित अमेरिकाका ४० शहरमा हिंसा भड्किएको थियो ।

अत्यन्तै क्रूर ढंगले प्रहरीले ८ मिनेटसम्म फ्लोयडको घाँटी थिचेर गरेको हत्याको विषयलाई लिएर अमेरिकी प्रहरीको विरोध भईरहेको बेला जून ५ मा अपलोड गरिएको एउटा मिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडियो सेयर गर्दै अमेरिकामा प्रहरी ज्यादतीको अर्को डरलाग्दो घटना भनेका छन् ।

स्थानीय समय अनुसार गत बिहीबार राति ८ बजेपछि पश्चिम न्यूर्योकको बफेलो शहरमा दुई प्रहरी अधिकारीले ७५ वर्षका एक वृद्धलाई धकेलेर लडाएको भिडियो अहिलेपनि उत्तिकै सेयर भइरहेको छ ।

यो भिडियो हेर्ने जोकोहीले अमेरिकी प्रहरी अत्तिकै क्रूर बन्दै गएको अनुमान लगाउँदै गाली गरेका छन् ।

के छ भाईरल भिडियोमा ?
जर्ज फ्लोइडको हत्याको विरोध तथा न्यायको माग गर्दै भएको प्रदर्शन नियन्त्रणका लागि न्यूर्योकको दोस्रो ठूलो शहर बफेलोमा कर्फ्यू जारी गरिएको थियो ।

Trump draws rebukes for suggesting 75-year-old protester pushed in ...

कर्फ्यू कार्यान्वयनका लागि हातहतियारसहित खटिएका दुई प्रहरीले ७५ वर्षका वृद्धलाई धकेलेर लडाएका हुन् । लडेका ती वृद्धको टाउको गम्भीर चोट लागेको भिडियोमा देखिन्छ । रगत बग्छ । उनी बेहोस हुन्छन् । उनलाई धकेल्ने प्रहरी अघि बढ्छन् । सुरक्षाकर्मी हेर्दै जान्छन् । पछि उनलाई उठाउँछन् । बफेलोमा भएको घटना सम्बन्धी भिडियो रेडियो स्टेशन डब्लुबिएफओले पोस्ट गरेको हो ।

Blood was seen spilling from the man's head in the graphic video

ती वृद्धको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनको अवस्था गम्भीर तर स्थिर रहेको छ ।

What the video from Buffalo has revealed to white America.

बफेलो शहरका मेयर बायरन ब्राउनले एक वक्तव्य जारी गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै ती वृद्धलाई धकेल्ने दुई प्रहरी अधिकारीलाई निलम्बित गरिएको जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडियो

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

यो पनि पढ्नुहोस् : 

८ मिनेट ४६ सेकेण्डसम्म जीवनको भीख मागेको त्यो स्वर, कसैले गरेनन् बचाउने आँट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?