काठमाडौं । अफ्रिकी देश नाइजेरियामा सक्रिय आतंककारी संगठन बोकोहरामले ठूलो हमला गरेको छ । उक्त हमलामा ६९ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आतंककारीले नाईजेरियाको उत्तरपूर्वी भागमा हमला गरेको बताएका छुन् ।
स्थानीयहरुका अनुसार केहि हप्ता अगाडि उनीहरुले एक हमलाको विरोध गरेका थिए ।
त्यसको बदलामा बोकोहरामले बोरनो प्रान्तको गुबिओ क्षेत्रस्थित फोदुमा कोलोमिया गाउँमा आतंककारीले मंगलवार हमला गरेका थिए ।
स्थानीय रक्षा बलका एक सदस्य रबिउ इसाले आतंककारी मोटरसाइकल र अन्य सवारीमा चढेर आएको र दुई घण्टासम्म भीषण हमला गरेको बताएका छन् ।
उनले घटनापछि त्यहाँ ६९ वटा शव भेटिएको बताए । स्थानीय रक्षा समूहका नेता मालम बुनूले बोकोहरामका आतंककारी बुधवार पुनः त्यहाँ आएको बताएका छन् ।
उनीहरुले बुधवार गाउँलेहरुलाई भगाउनको लागि गाउँमा आगो लगाईदिएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया