ब्राजिलमा एकैदिन थपिए ३३ हजार भन्दा धेरै संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व त्रस्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख १९ हजार २० जनाको मृत्यु भएको छ भने ७४ लाख ५८ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३७ लाख ५१ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ३९ हजार ७९७ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ७५ हजार १८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ९६ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा बुधवार मात्रै ३३ हजार १०० जना संक्रमित थपिएका छन् भने १ हजार ३०० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?