कोरोनाको प्रकोप : अमेरिकामा यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख १९ हजार २० जनाको मृत्यु भएको छ भने ७४ लाख ५८ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३७ लाख ५१ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १५ हजार १३० जनाको मृत्यु भईसकेको छ भने २० लाख ६६ हजार ४०१ जनालाई संक्रमण भएको छ । त्यस्तै ८ लाख ८ हजार ४९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा ३० हजार ६८० जनाको मृत्यु भईसकेको छ भने ४ लाख १ हजार ३३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा १२ हजार ४६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६७ हजार ६७८ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार २० हजार ८५२ जना संक्रमित थपिएका छन् भने ९८२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?