काठमाडौं । छिमेकी देश भारतमा हालसम्म २ लाख ८६ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ११ हजार ९ सय ७५ जनामा कोरोना पुष्टि भएको र कोरोनाको कारण ३ सय ८७ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ लाख ४० हजार ८ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै हालसम्म ८ हजार १ सय ६ जनाको कोरोनाको कारण जयन गएको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख १५ हजार ८ सय १९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७३ लाख ८९ हजार २ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ३६ लाख ४३ हजार ४ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै हालसम्म ५३ हजार ९ सय २४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया