आयल इण्डियाको ग्यास भण्डारमा आगलागी, दुईको मृत्यु

लोकपथ संवाददाता
0
Shares
ASSAM, June 10, 2020 (Xinhua) — Photo taken on June 9, 2020 shows flames breaking out at the site of a gas well blowout at an oil field in Tinsukia district of Assam state, India. (Str/Xinhua/UNI PHOTO-16U

काठमाडौं । आयल इण्डियाको ग्यास भण्डारमा आगलागी हुँदा दुई दमकलकर्मीको मृत्यु भएको छ ।

भारतको असमस्थित तिनसुकिया जिल्लामा पछिल्लो १५ दिनबाट ग्यास अनियन्त्रित भईरहेको बेला स्थिती अनियन्त्रित भएको कारणले आगो लागेको बताइएको छ ।

आयल इण्डियाका प्रवक्ता त्रिदिव हजारीले आगलागीमा परेर दुई दमकलकर्मीको मृत्यु भएको बताए ।

उनीहरुको शव आज विहान आगो लागेको ठाउँ नजिकै पानी वाला क्षेत्रमा पाइएको हो ।

उनीहरुको अवस्था हेर्दा आगो लागेपछि भाग्न खोज्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनीहरु दुरलोभ गोगोई र टीकेश्वर गोहेनको रुपमा भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?