अरब जगतको पहिलो मंगल मिशन : युएई जापानबाट पठाउँदै मानवरहित यान

काठमाडौं । युनाईटेड अरब इमिरेट्सले अघिलो महिनासम्ममा मानवरहित यान मंगल ग्रहमा पठाउने तयारी थालेको छ ।

यो अरब जगतको पहिलो अन्तरिक्ष मिशन हुनेछ । १४ जुलाईमा युएईले तनेगाशिमाको जापानी द्वीपबाट पठाउनेछ ।

४९३ मिलियन किमी (३०८ मिलियन मील) को यात्रा गर्नका लागि मंगल ग्रहसम्म पुग्न र आफ्नो कक्षा शुरु गर्न सात महिनाको समय लाग्नेछ ।

यसबाट मंगलको जलवायु र वातावरणको बारेमा जमीनी स्तरमा नयाँ आँकडा साम्ने आउँछ । पर्याप्त डेटा एकत्र गर्नको लागि यान ६८७ दिनका लागि मंगलको परिक्रमा गर्नेछ ।

मिशनका प्रोजेक्ट म्यानेजर ओमरान शराफका अनुसार यो मिशन केवल युएई मात्रै नभएर अरब जगतकै लागि एक महत्वपूर्ण भएको बताए ।

जानकारी एकत्र गर्नका मिशन मंगल पुरा एक वर्षसम्म रहनेछ । यस प्रोजेक्टमा सन् २०१४ बाट काम गरिरहेको छ ।

शराफका अनुसार मिशनमा असहज भएको बताए । जापानी टेक्निकलाई लिएर तयार गरिएको यो मिशन मंगल ग्रहको वायुमण्डलको माथि र तल्लो सतहको जानकारी एकत्र गर्नेछ ।

त्यसका साथै अक्सिजन तथा हाइड्रोजनको स्तर पनि नाप्ने काम गर्नेछ । यस प्रकारबाट मंगलको जलस्तरको आँकलन हुन सक्छ ।

वास्तवमा अरबका राजकुमार सुल्तान बिन सलमान अल सउद १९८५ मा अमेरिकी शटलबाट अन्तरिक्ष जाने पहिलो अरब अन्तरिक्ष यात्री थिए ।

यस पटक युएई आफ्नो पहिलो मिशन पठाइरहेको छ । संयुक्त राज्य इमिरेट्सका उन्नत विज्ञान राज्य मन्त्री सारा अल अमारीले मिशनमाथि आफू खुशी भएको बताउँदै यस अभियानबाट युएईका वैज्ञानिक र प्राकृतिक विज्ञानको अध्ययन गर्नेलाई राम्रो अवसर मिलेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?