काठमाडौं । कोरोना भाइरसको महामारीलाई लिएर चीन एक तर्फ आलोचनाको शिकार भईरहेको छ ।
साथै अब ताईवानमा आफ्नो लडाकु विमान ताइवान पठाएकोमा आतङ्क फैलाएको आरोप लागिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले मंगलवार एक हतियारले भरिएको लडाकु विमान ताइवानके हवाई क्षेत्रमा पठाएको छ ।
मंगलवार नै अमेरिकी नौसेना विमानले ताइवानबाट उडान भरेको जानकारी पाएपछि त्यसतर्फ चीनले आफ्नो लडाकु विमान पठाएको हो । ताइवान र अमेरिकाबीचको बढ्दो सम्बन्धको बारेमा चीन चिन्तित छ।
जवाफमा उड्यो ताइवानी विमान
ताइवानको राष्ट्रीय रक्षा मन्त्रालयले यस सम्बन्धमा जानकारी दिँदै सुखोई ३० (एस ३०) फाइटर जेट्स ताइवानको वायु रक्षा क्षेत्र (एडीआईजी) को दक्षिण पश्चिमी भागमा उडान भरेको छ ।
जसपछि ताईवानी वायुसेना अलर्ट भएपछि तत्काल जवाफका लागि आफ्नो लडाकु विमानले उडान भरेको थियो ।
यो भन्दा अगाडि पनि ८ पटक बिना जानकारी चिनियाँ विमान ताइवान छिरेको थियो । योसहित चीनका विमान नवौँ पटक बिना जानकारी ताइवान छिरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया