काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख १३ हजार ७३१ जनाको मृत्यु भईसकेको छ भने ७३ लाख २३ हजार ५१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३६ लाख ३ हजार ८९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १४ हजार १४८ जनाको मृत्यु भईसकेको छ भने २० लाख ४५ हजार ५४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ८८ हजार ८६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ६०३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ६६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा अहिलेसम्म् १ लाख ६७ हजार १९२ जनालाई संक्रमण भएको छ भने १२ हजार ३६९ जनाको मृत्यु भईसकेको छ ।
अमेरिकामा मंगलवार मात्रै १९ हजार ५६ जना संक्रमित थपिएका छन् भने १ हजार ९३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया