काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख १३ हजार ७३१ जनाको मृत्यु भईसकेको छ भने ७३ लाख २३ हजार ५१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३६ लाख ३ हजार ८३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या ७ हजार ७५० पुगेको छ भने २ लाख ७६ हजार १४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ३४ हजार ६७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।
भारतमा मंगलवार १० हजार २१८ जना संक्रमित थपिएका छन् भने २७७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया