कोरोनाको प्रकोप : भारतमा एकैदिन थपिए ८ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा व्श्विमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ८ हजार ६२८ जनाको मृत्यु भईसकेको छ भने ७१ लाख ९३ हजार ९८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३५ लाख ३५ हजार ४९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ७ हजार ४७३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६५ हजार ९२८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २९ हजार ९५ जना स्वास्थ्इोपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा सोमवार एकैदिन ८ हजार ४४२ जना संक्रमित थपिएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?