कोरोनाको प्रकोप : अमेरिकामा के छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा व्श्विमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ८ हजार ६२८ जनाको मृत्यु भईसकेको छ भने ७१ लाख ९३ हजार ९८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३५ लाख ३५ हजार ४९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १३ हजार ५५ जनाको मृत्यु भईसकेको छ भने २० लाख २६ हजार ४९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ७३ हजार ४८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म३० हजार ५१६ जनाको मृत्यु भएको छ भने ३ लाख ९९ हजार ८९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा १ लाख ६६ हजार ९७ जनालाई संक्रमण भएको छ भने १२ हजार २९२ जनाको मृत्यु भईसकेको छ ।

अमेरिकामा सोमवार १९ हजार ४४ जना संक्रमित थपिएका छन् भने ५८६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?