काठमाडौं । कोरोना संक्रमणको असर संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ६ सय ४५ पुगेको छ ।
बितेको २द्ध घण्टामा ६ हजार ४ सय ३८ जनामा कोरोना संक्रमितसँगै कुल संक्रमितको संख्या २० लाख १३ हजार ८ सय ८७ पुगेको छ । त्यस्तै हालसम्म ७ लाख ६३ हजार ३ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र १ सय ६७ जनाको ज्यान गएको र संक्रमितमध्ये १६ हजार ९ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४ लाख ७ हजार ४ सय १२ जना मानिसको मृत्यु भइसकेको छ । भने ७१ लाख ४६ हजार २ सय ६२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३४ लाख ८६ हजार ४ सय ८१ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया