यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ७ सय ४६ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ५ हजार २ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ३४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै ३ हजार ३ सय ६९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ७४ हजार ५ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ६ सय ३२ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४ लाख ७ हजार ४ सय १२ जना मानिसको मृत्यु भइसकेको छ । भने ७१ लाख ४६ हजार २ सय ६२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३४ लाख ८६ हजार ४ सय ८१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?