काठमाडौं । अमेरिकाको सिएटलमा अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु पछि भईरहेको आन्दोलनमा थप एक घटना सार्वजनिक भएको छ ।
जर्ज फ्लोयडलाई न्याय दिलाउन भन्दै भईरहेको प्रदर्शनमा एक व्यक्तिले गोली चलाएका छन् । जसका कारण एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
भीडमा तीव्र गतिले कार चलाएर आएका एक व्यक्तिले भीडमा घुसेर गोली चलाएका थिए । पुलिसहरु अहिले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् ।
भिडियोमा हेर्दा गोली चलाउने व्यक्ति कारमै बसीरहेको देखिएको छ । प्रदर्शनकारीले उसको गाडी चारैतिरबाट घेरेका थिए ।
त्यसपछि उसले स्वयं पुलिस समक्ष आत्मसमर्पण गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया