काठमाडौं । अमेरिकामा अश्वेत व्यक्तिको मृत्युपछि नश्लवादको विरोध गर्दै आन्दोलन भइरहेको छ र अहिले यो आन्दोलनको आँधी ब्राजिलमा पुगेको छ ।
गत मंगलवार छतबाट खसेर ५ वर्षका अश्वेत बालकको ज्यान गएको थियो । यसैको विरोधमा शुक्रबार सयौं मानिस सडकमा उत्रिए ।
सिसिटिभी फुटेज अनुसार यी बच्चाकी आमा त्यही अपार्टमेण्टमा काम गर्थिन्, जहाँ माथिल्लो तलाबाट खसेर बच्चाको ज्यान गयो ।
मिडिया रिपोर्टअनुसार यी बच्चालाई एक श्वेत महिलाको रेखदेखमा छाडेर आमा काममा खटिएकी थिइन् ।
कोरोना भाइरसका कारण स्कुल बन्द भएकाले ५ वर्षीय मिगुइल डि सिल्भा आफ्नी आमासँगै गएका थिए ।
जब स्वेत महिला कुकुर घुमाउन निस्किइन् एक जर्मन न्युज वेवसाइटकाअनुसार अश्वेत बच्चालाई छाडेर स्वेत महिला आफ्नो कुकुरलाई घुमाउन बाहिर निस्किइन् ।
सिसिटिभी फुटेजमा श्वेत महिलाले भवनको सर्भिस एलिवेटरमा बटन थिचेर बच्चालाई माथिल्लो तलमा पठाएको देखिन्छ ।
समाचार अनुसार लिफ्टबाट बाहिर निस्किएपछि यी बालक बार्दलीको एक रेलिङमा चढे । त्यसक्रममा असन्तुलित भएर लडे अनि ज्यान गयो ।
घन्कियो ‘ब्ल्याक लाइभ्स म्याटर्स’ को नारा
एएफपीकाअनुसार यी बच्चाको मृत्यु भएलगत्तै ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा लगाउँदै सयौँ प्रदर्शनकारी रेसिफ शहरको सडकमा उत्रिए ।
यी प्रदर्शनकारीले मास्क लगाएका थिए । उनीहरुले सिटी कोर्टदेखि डिसिल्भा खसेर लडेको भवनसम्म प्रदर्शन गरे ।
अमेरिकामा धेरै दिनदेखि प्रदर्शन
२५ मेमा अमेरिकाको मिनेसोटामा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएको थियो ।
त्यसपछि प्रहरीले आफ्नो घुँडाले उनको घाँटी थिचेको भिडियो भाइरल भयो । यसपछि रंगभेद अन्त्यको माग गर्दै अमेरिकामा देशव्यापी प्रदर्शन चलिरहेको छ ।
त्यसयता, धेरै शहरमा कर्फ्यू लगाइएको छ भने नेशनल गार्डलाई पनि तैनाथ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया