लकडाउन खुकुलो भएका देशमा झनै कोरोनाको प्रकोप बढ्न थाल्यो : ‘डब्ल्युएचओ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउन खोल्न शुरू गरिएका केही देशमा कोरोना संक्रमित पुनः बढ्न थालेको बताएको छ ।

लकडाउन खोल्दा संक्रमण झनै बढ्न थालेका भन्दै विश्व स्वास्थ्य संगठनले मानिसहरूलाई आफ्नो सुरक्षाको ध्यान राख्न सतर्क गरेको छ । साथै विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रहरुलाई कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ।

विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले अहिले मध्य, दक्षिण र उत्तर अमेरिका कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दु भएको बताएकी छन्।

उनले भनिन्, ‘हामीले विश्वका केही देशहरुमा कोरोना भाइरसको संक्रमण लकडाउन खुकुुलो बनाएपछि झनै बढीरहेको पाएका छौँ, युरोपको मात्र होइन, अहिले लकडाउन खुकुलो बनाउने सबै मुलुकमा कोरोनाको प्रकोप झनै बढीरहेको छ । संयुक्त राष्ट्रसंघलाई ब्रिफिङ गर्दै उनले भनिन्, जब लकडाउन र सामाजिक दुरी खुकुलो हुन्छ तब मानिसहरूले यसलाई यो सकियो भनेर व्याख्या गर्न थाल्नेछन् ।’

उनले थपिन्, ‘यो सकिएको छैन, संसारबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको मान्नु हुँदैन ।’

अघिल्लो हप्ता देखि अमेरिकामा जारी रहेको जर्ज फ्लोइडको हत्याको विरोधमा जारी रहेको प्रदर्शनलाई संकेत गर्दै उनले प्रदर्शनकारीले सावधानी अपनाउनुपर्ने बताइन्

उनले भनिन्, हामीले यो हप्ता धेरै धैर्यता देखेका छौँँ,मानिसहरूमा बाहिर निस्कनुपर्छ र आफ्नो भावना व्यक्त गर्नुपर्छ भन्ने पनि देख्यौँ, हामी उनीहरूलाई स्वयं र दोश्रो व्यक्तिलाई जोगाउनुपर्छ भन्न चाहन्छौँ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?