अमेरिकामा रोकिएन कोरोनाको प्रकोप : झनै बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व ग्रस्त र त्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख ९८ हजार १४७ जनाको मृत्यु भएको छ भने ६८ लाख ४४ हजार ८४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख ४९ हजार ६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ६१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ११ हजार ३९० जनाको मृत्यु भएको छ भने १९ लाख ६५ हजार ७०८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ३८ हजार ६४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार ३७२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९६ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा १२ हजार ८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार १६२ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा शुक्रवार मात्र २५ हजार ३९३ जना संक्रमित थपिएका छन् भने ९७५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?