अमेरिकामा कोरोना महामारी बढ्दो, १ लाख १० हजार बढीले गुमाए ज्यान

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण १ लाख १० हजार बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार ५ सय ६९ पुगेको छ ।

बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ९६ जनाको ज्यान गएको र ९ हजार ५ सय ७३ जनामा संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म १९ लाख ३३ हजार ६ सय २४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ७ लाख १२ हजार ८ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १७ हजार ८३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकाको न्यूयोर्कमा हालसम्म ३० हजार २ सय ८१ जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म ३ लाख ८३ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको छ ।

कोरोनाका कारण विश्वभर ३ लाख ९५ हजार २ सय ५८ जनाले ज्यान गुमाएका छन् भने ६७ लाख ६७ हजार ८ सय १६ मा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणलाइ जितेर घर फर्कनेको संख्या ३२ लाख ९७ हजार ३ सय ६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?