काठमाडौं । अन्डरवर्ल्ड डन डाउड इब्राहिम कोरोना संक्रमित भएको पुष्टि भएको छ ।एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको रिपोर्ट पोजेटिभ आएपछि उनी निकट सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।
साथै उनकी श्रीमती महजबीन पनि कोरोनाबाट संक्रमित रहेको पाइएको छ । कोरोना पोजेटिभ पाइएसँगै उनी र उनकी श्रीमतीलाई कराँची स्थित एक आर्मी हस्पतालमा भर्ना गरिएको छ ।
पाकिस्तानमा कोरोना भाइरसको महामारी तीव्र गतिले फैलिरहेको छ । डाउड इब्राहिम र उनको परिवार लामो समयदेखि पाकिस्तानमा बस्दै आएको छ ।
डाउडमाथि सन् १९९३ मा मुम्बईमा बम धमाका गराउने मास्टर माइन्डको रुपमा हेर्ने गरिएको छ ।
डाउड इब्राहिम अन्डरवर्ल्ड डनको नामबाट सारा विश्वमा चिन्ने गरिन्छ । तर उनको परिवारसँग जोडिएको कुनै पनि जानकारी अहिलेसम्म कसैले थाहा पाउन सकेको छैन ।
किनभने उनी आफ्नो परिवारको बारेमा कुनै पनि जानकारी बाहिर निकाल्दैनन् ।
एजेन्सीको सहयोगमा
#BREAKING – Dawood Ibrahim contracts COVID-19: top govt source.
Dawood and his wife test positive for coronavirus: top govt source.
Dawood’s personal staff and guards have been quarantined.@AnchorAnandN and @DeepakSEditor with details
Original Input: @manojkumargupta. pic.twitter.com/IA4HBchoXp
— News18 (@CNNnews18) June 5, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया