काठमाडौं । अमेरिकामा पुलिस हिरासतमा मारिएका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई न्याय दिलाउनको लागि केहि हप्ता यता आन्दोलन चलिरहेको छ ।
आन्दोलनको असर अहिले सारा विश्वमा देख्रिहेको छ । उक्त आन्दोलन विरुद्ध अमेरिकामा मात्र नभएर फ्रान्सका विभिन्न शहरमा पनि प्रदर्शन भएको छ ।
यसैबीच घटनाको अनुसन्धान गरिरहेको टिमले जर्जको मृत्यु भईराख्दा मुकदर्शक बनेका अन्य तीन पुलिस अधिकारीलार्ई पनि कारवाही गरेको छ ।
मुख्य आरोपी डेरेक चाउविनलाई हत्या गर्न नदिन रोक्न प्रयाश नगरेर मुकदर्शक बनेको भन्दै उनीहरुमाथि कारवाही गरिने भएको हो ।
चाउविनले फ्लोयडको घाँटी थिचेर हत्या गरेका थिए । थोमस लेन, जेए कुएंग र ताउ थाओमाथि हत्याको लागि उक्साउने ।
उनको मद्दत गरेको आरोपमा उनीहरुमाथि कारवाही गरिएको हो । साथै चासविनमाथि अब तेश्रो डिग्रीको ठाउँमा दोश्रो डिग्रीको हत्याको आरोप दर्ता भएको छ । उनीहरु चारै जनालाई थोरैमा पनि ४० वर्ष जेल सजाय हुनसक्ने बताइएको छ ।
मिनेसोटाका अटोनी जनरल कीथ एलिसनले भनेका छन् कि, आरोपी पुलिसकर्मीमाथि आरोप लगाउनु भन्दा पहिला सबै प्रमाणमा विश्लेषण गरिरहिएको छ ।
उनले चारै पुलिस अधिकारीमाथि लगाइएको आरोपले मात्रै जर्ज फ्लोयडलाई न्याय नभएर सारा अमेरिकालाई न्याय मिल्ने बताएका छन् ।
एलिसनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भईरहेको छ । अदालत जानुपूर्व एक मजबुत केस बनाउने तयारी भईरहेको पनि उनले बताएका छन् ।
यसमा केहि समय लाग्ने र फ्लोयडको हत्याबारे प्रमाण हुनेहरुले सम्पर्क राख्न सक्ने पनि उनले बताएक छन् ।
साथै फ्लोयडको कोरोना रिपोर्ट पोजेटिभ आईसकेको बताइएको छ ।
उनको हत्यामा संलग्न पुलिस अधिकारीहरुलाई गिरफतार गरेकोमा उनको परिवार खुशी त छ तर आरोपी चाउविनविरुद्ध पहिलो डिग्रीको हत्या मामिला दर्ता गराउन परिवारले माग गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया