काठमाडौं । फिजी कोरोना भाइरस मुक्त मुलुक भएको छ । फिजीका प्रधानमन्त्री फ्र्यांक बेनीमारामाले ट्विटमार्फत फिजी कोरोनामुक्त मुलुक भएको घोषणा गरेका हुन् ।
उनले ट्विटमा, फिजीमा अन्तिम कोभिड-१९ का बिरामी पनि निको भइसकेका छन् । हाम्रो मुलुकमा कोरोना संक्रमणको परीक्षण दैनिक बढिरहेको छ । तर, विगत ४५ दिनदेखि कोरोना संक्रमित फेला परेका छैनन् । फिजीमा कोरोना महामारीका कारण कसैको पनि मृत्यु भएको छैन । हाम्रो मुलुकमा कोरोना रिकभरी रेट पनि शतप्रतिशत छ । बताएका छन्
उनले सम्पूर्ण विज्ञानमा विश्वास राखेर भौतिक दूरी कायम गर्दै ठूलो मिहिनेतका साथ यो उपलब्धि हासिल गरेको जनाएका छन् । विकिपीडियाका अनुसार १० लाखभन्दा बढी जनसंख्या भएको फिजीमा १८ जनालाई कोरोना देखिएको थियो । १८ जना नै उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया